४० खर्ब डलरको विश्वको पहिलो कम्पनी बन्यो एनभिडिया

४० खर्ब डलरको विश्वको पहिलो कम्पनी बन्यो एनभिडिया

एजेन्सी : एनभिडिया ४ ट्रिलियन (४० खर्ब) डलरको बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बनेको छ।

चिप निर्माता कम्पनी एनभिडियाको स्टक बुधबार २.४ प्रतिशतले बढ्यो। कम्पनीले एआई प्रविधिको बढ्दो मागबाट निरन्तर लाभ उठाइरहेको छ।

यो अमेरिकी कम्पनीले सन् २०२३ को जुनमा पहिलो पटक १ ट्रिलियन डलरको बजार मूल्य नाघेको थियो र त्यसयता यसको वृद्धि जारी छ।

वेडबश सेक्युरिटीजका प्राविधिक विश्लेषक डान इभ्सले यसलाई ‘एनभिडियाको लागि ऐतिहासिक क्षण’ भनेका छन्।

उनले थपे, ‘अहिले यो सबै गर्ने एनभिडिया एक मात्र कम्पनी हो। यसका चिप्स नयाँ सुन र तेल हुन्।’

आठ वर्षअघि, एनभिडियाको शेयर मूल्य आजको तुलनामा निकै कम थियो। त्यतिबेला यसको मुख्य व्यवसाय ग्राफिक्स कार्ड उत्पादन थियो र यसको प्रतिस्पर्धा एएमडी जस्ता कम्पनीहरूसँग थियो।

हालैका वर्षहरूमा एनभिडियाको यो असाधारण वृद्धि च्याटजीपीटी जस्ता जेनेरेटिभ एआई मोडेलहरूका लागि आवश्यक चिप्सको अत्याधिक मागका कारण सम्भव भएको हो।

असार २६, २०८२ बिहीबार ०७:२४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।