बक्सिङ सिक्न थाले गगन थापा, भिडियोमा रमाइला कमेन्ट

बक्सिङ सिक्न थाले गगन थापा, भिडियोमा रमाइला कमेन्ट

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बक्सिङ सिक्न थालेका छन्। उनले निजी प्रशिक्षकबाट बक्सिङ सिक्न थालेका हुन्।

उनले बक्सिङ सिक्दै गरेको भिडियो उनको निजी कोच रव श्रेष्ठले सार्वजनिक गरेका हुन्।

उनले राखेको भिडियोमा गगन बक्सिङ प्रशिक्षणको प्रारम्भिक चरणमा रहेको देखिन्छ। उनले घरको छतमा बक्सिङको प्रशिक्षण लिइरहेको देखिन्छ।

बक्सिङ प्रशिक्षणको भिडियोमा रमाइला प्रतिक्रियाहरू आएका छन्। अधिकांश कमेन्ट नकारात्मक छन्। कसैले जनताले कुट्छन् भनेर सेल्फ डिफेन्सका लागि सिकेको होला भनेर लेखेका छन् त कसैले गगन बाघ हो लेखेका छन्।

टिकटकको भिडियोमा एक जनाले लेखेका छन् ' अब सबैलाई ढालेर सभापति हुनु पर्छ।' २०८४ को निर्वाचनलाई जोडेर '८४ मा ज्यानको सुरक्षाको तयारी होला' लेखेका छन्।

असार २६, २०८२ बिहीबार ०१:२०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।