रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसविरुद्ध थप प्रतिबन्ध लगाउने तयारीमा रहेको संकेत दिएका छन्।

ह्वाइट हाउसमा आयोजित मन्त्रीपरिषद् बैठकमा बोल्दै राष्ट्रपति ट्रम्पले रूसमाथिको प्रतिबन्धसम्बन्धी सिनेटबाट आएको विधेयकमा आफूले समर्थन गर्ने वा नगर्ने विषयमा विचार गरिरहेको बताए।

उक्त विधेयकमा रूसी ऊर्जा उत्पादनलाई सहयोग गर्ने विदेशी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने र रुसबाट ऊर्जा आयात गर्ने मुलुकहरूलाई भारी शुल्क लगाउने प्रावधान समावेश गरिएको छ।

साथै, अमेरिकी रक्षा विभागले हतियार आपूर्तिसम्बन्धी समीक्षा पूरा गरेपछि युक्रेनलाई अस्थायी रूपमा रोकिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको जानकारी पनि राष्ट्रपति ट्रम्पले मंगलबार सार्वजनिक गरेका छन्।

असार २५, २०८२ बुधबार १८:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।