त्रिविका नवनियुक्त उपकुलपति डा. दीपक अर्यालले लिए सपथ

काठमाडौं : प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिविका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा डा. अर्यालले कुलपति ओलीसामु उपकुलपति पदको सपथ लिएका हुन। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
उक्त पदमा नियुक्तिका लागि गठित सिफारिस समितिबाट सिफारिस भएका तीनमध्येबाट प्रधानमन्त्री ओलीले आज डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
असार २५, २०८२ बुधबार १८:१७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।