पेन्टागन इन्टरनेशनल कलेज : १६ वर्षदेखि गुणस्तरीय शिक्षामा अग्रणी

पेन्टागन इन्टरनेशनल कलेज : १६ वर्षदेखि गुणस्तरीय शिक्षामा अग्रणी

काठमाडौं : विगत १६ वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा क्रियाशील पेन्टागन इन्टरनेशनल कलेजले नेपाली शिक्षामा नयाँ मोडेल स्थापित गर्दै आएको छ। आम कलेजहरू निजी लगानीकर्ताबाट सञ्चालित हुने चलनबीच पेन्टागनले भने प्राध्यापक स्वयंलाई साझेदार बनाउँदै शिक्षामा स्वामित्वको संस्कृति स्थापना गरेको छ।

वि.सं. २०६६ सालमा स्थापित यस कलेजमा १० वर्षदेखि ३० वर्षसम्मको शिक्षण अनुभव भएका प्राध्यापकहरू नै व्यवस्थापन जिम्मेवारीमा छन्। ‘हामीले पेन्टागनलाई नाफामुखी संस्था होइन, शिक्षा समर्पित समुदायको रूपमा अघि बढाएका छौं। शिक्षामा लगानी मात्र होइन, सहभागिता जरुरी छ भन्ने विश्वास हाम्रो अभियानको जग हो,’ कलेजका अध्यक्ष तथा शिक्षाविद् डा. एसपी सिंहले भने।  

कलेजले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन गरिरहेको छ। कलेजको शैक्षिक गुणस्तरको प्रमाण बोर्ड परीक्षा, मेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षाका साथै विदेशी दूतावासबाट लिइने छात्रवृत्ति परीक्षामा देखिन्छ। जहाँ हरेक वर्ष झन्डै १०० विद्यार्थी निःशुल्क छात्रवृत्ति कोटामा स्थान बनाउँदै आएका छन्।

पेन्टागनमा आधुनिक प्रयोगशाला, सुविधा सम्पन्न पुस्तकालय तथा उपत्यका र हिमालहरूको विहङ्गम दृश्य अवलोकन गर्न मिल्ने भौतिक पूर्वाधार छन्। विज्ञान र व्यवस्थापन दुवै संकायमा फिल्ड भिजिट, प्रयोगात्मक अभ्यास र प्रविधिमैत्री शिक्षण विधिको सशक्त प्रयोग भइरहेको छ।

‘हामी विद्यार्थीलाई डर होइन, सहज वातावरण दिन्छौं,’ अध्यक्ष सिंह भने, ‘यहाँ शिक्षकको भूमिका केवल कक्षामा पढाउने मात्र होइन, जीवन निर्माणमा सहयात्री बन्ने हो।’ उनका अनुसार कलेजले पारिवारिक वातावरण सिर्जना गर्दै विद्यार्थी र शिक्षकबीच मित्रवत सम्बन्ध विकास गरेको छ।

कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। बास्केटबल कोर्ट, क्रिकेट, टेबलटेनिस लगायतका अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संरचना छन्। साथै, उपत्यका बाहिरबाट आएका विद्यार्थीका लागि छात्रावासको सुविधा पनि उपलब्ध छ।

पेन्टागनले नेपाली उच्च शिक्षामा दीर्घकालीन उदाहरणीय मोडेल बनाउने दिशा लिएको डा. एसपी सिंहको दाबी छ। 

असार २५, २०८२ बुधबार १८:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।