कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध

सुर्खेत : कर्णाली प्रदेशका चार स्थानमा सडक अवरुद्ध भएका छन्। कर्णाली प्रदेश आपतकालीन कार्य सम्पादन केन्द्रका अनुसार हुम्लाको खार्पुनाथ, डोल्पाको त्रिपुरासुन्दरी, रुकुम पश्चिमको आठबिसकोट र जाजरकोटको छेडागाड क्षेत्रमा सडक आवागमन ठप्प भएको छ।
कर्णाली करिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका-१ बोक्वेगौडामा जेठ ३० गतेदेखि सडक मर्मतका कारण बाटो बन्द छ। त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ छलघाटमा असार ६ गतेदेखि पानीको बहाव अत्यधिक भएपछि सडक चल्न नसक्ने बनेको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजिगारमा पनि असार ६ देखि लगातारको पानीका कारण सडक अबरुद्ध छ। उता, जाजरकोटको छेडागाड नगरपालिका-३ दखेरी भिरस्थित मध्यपहाडी राजमार्गमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको केन्द्रले जनाएको छ।
असार २५, २०८२ बुधबार १५:३५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।