महाशाखाले भन्यो- आज मध्य र पश्चिमका धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम

महाशाखाले भन्यो- आज मध्य र पश्चिमका धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका मध्य र पश्चिम भेगमा रहेका धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

महाशाखाले जारी गरेको सूचनामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव आज उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले ती जिल्लाका साना नदी तटीय क्षेत्र र आसपासका बासिन्दालाई दिनभर सतर्क रहन विशेष अनुरोध गरेको छ।

असार २५, २०८२ बुधबार ०९:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।