गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह

काठमाडौं : बागमती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ।
मंगलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानी २ बजे सतर्कता तह पार गरेकाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरुको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाका इञ्जिनियर आशीष भट्टले जानकारी दिए।
यसैगरी रुद्रमती (धोबीखोला)को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको छ।
राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागले आह्वान गरेको छ।
असार २५, २०८२ बुधबार ०७:२३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।