नेपाली छायाकारलाई नीताले नपत्याएको की उनीहरूले नीतालाई ?

नेपाली छायाकारलाई नीताले नपत्याएको की उनीहरूले नीतालाई ?

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा भारतीय प्राविधिक प्रयोग गर्ने होड बढ्दै गएको छ। यो दौडमा बिराज भट्ट देखि सन्तोष सेनसम्म छन्। तर यो मामलामा नायिका तथा निर्माता नीता ढुंगाना अधिकारी अगाडि देखिन्छिन्। आफ्ना फिल्मलाई ‘व्यावसायिक र स्तरीय’ बनाउने नाममा नीताले पटक-पटक भारतिय कलाकार र प्राविधिकको ठूलो टिम उतार्दै आएकी छन्।

उनले निर्माण गरेको पहिलो फिल्ममै ब्रह्मानन्दम, सुनील वर्मा, अली, कवीर दुहान सिंह र प्रदीप रावतजस्ता चर्चित भारतिय कलाकारको अभिनय गराएकी थिइन्। त्यसमा नेपाली कलाकारहरूको पनि उल्लेख्य सहभागिता थियो। तर, भारतिय कलाकारलाई फिल्ममा उतार्नुको कारण उनले ‘नेपाली कलाकारले आफूमाथि विश्वास नगरेको’ तर्क दिएकी थिइन्।

नीताले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘सुख दुःख’ का लागि पनि भारतका चर्चित छायाँकार कवीरलाल र शाहिदलालसँग सम्झौता गरेकी छन्। छायांकन कहिलेदेखि सुरु हुन्छ भन्ने खुलाइएको छैन, तर फिल्मका लागि प्राविधिक टिमको छनोट धमाधम भइरहेको छ।

यसअघि भारतिय कलाकार मात्र थिए, अब प्राविधिक टिम पनि भारतकै भित्र्याइँदैछ। यस्तो अवस्थामा प्रश्न उठ्न थालेको छ- नीता ढुंगानालाई साँच्चिकै नेपाली कलाकार, छायाकार र प्राविधिकमाथि विश्वास छैन कि, उनीहरूले नै नीतालाई नपत्याएका हुन् ?

असार २४, २०८२ मंगलबार २०:३४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।