बाढीअघिको केरुङ नाका जुन बाढीले ध्वस्त भयो (तस्विरहरू)

बाढीअघिको केरुङ नाका जुन बाढीले ध्वस्त भयो (तस्विरहरू)

काठमाडौं : गए राति आएको बाढीले रसुवागढी भन्सार क्षेत्रमा भीषण क्षति पुर्याएको छ। सुक्खा बन्दरगाह नै बगाउँदा २३ वटा मालवाहक कन्टेनर, ६ वटा ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधनसहित कूल ६४ सवारीसाधन बगाएका छन्।

बाढीले बगाउन भन्दा अघिको मितेरी पुल

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार हालसम्म २० जना व्यक्तिहरू बेपत्ता छन्। तीमध्ये तीन जना नेपाल प्रहरीका, छ जना सुक्खा बन्दरगाहमा काम गर्ने मजदुर, पाँच जना कन्टेनर चालक तथा सहचालक र छ जना चिनियाँ नागरिक रहेका छन्।

बाढीले विद्युत् उत्पादनमा पनि गम्भीर असर पुर्याएको छ। १ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पूर्णरूपमा बन्द भएको छ। यस्तै २० मेघावाट क्षमताको चिलिमे जलविद्युतको तेलरेटरमा बाढीको लेदो पस्दा उत्पादन ठप्प भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। साथै, माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको ड्यामसाइटमा पनि क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपालतर्फको निर्माणाधिन भन्सार भवन (दुई वर्ष अघिको तस्विर )

यसैबीच, नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीले रसुवागढीस्थित मितेरी पुलमा समेत गम्भीर क्षति पुर्याएको छ। चीनसँग सिधा सम्बन्ध जोड्ने १०० मिटर लामो र १० मिटर चौडा सो पुल बग्दा केरुङ नाका अवरुद्ध भएको छ। 

नेपाली भन्सार कार्यालय जुन मितेरी पुल नजिकै थियो

नेपाली भन्सार कार्यालय जुन मितेरी पुल नजिकै थियो

मितेरी पुल

मितेरी पुल

मितेरी पुल तलतिर नेपाली भुभागमा बन्दै गरेको ड्याम (दुई वर्ष अघिको तस्विर )

मितेरी पुल तलतिर नेपाली भुभागमा बन्दै गरेको ड्याम  (दुई वर्ष अघिको तस्विर )

नेपाली टिमुरे बजार।

असार २४, २०८२ मंगलबार १९:३४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।