तिब्बत क्षेत्रमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसपास उच्च सतर्कता अपनाउन अपिल

सिन्धुपाल्चोक : छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा भारी वर्षा भइरहेको र आज राति समेत थप वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन आग्रह गरेको छ।
चिनियाँ अधिकारीमार्फत प्राप्त सूचनाका आधारमा प्रशासनले यस्तो सूचना सार्वजनिक गरेको हो।
भारी वर्षाका कारण भोटेकोशी र सुनकोशी नदीमा जलस्तर बढ्नसक्ने तथा नदी आसपासका क्षेत्रमा जोखिम हुने सम्भावना रहेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनले अपिल गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको तर्फबाट जारी सूचनामा अरनिको राजमार्ग (बनेपा–लिपिङ खण्ड) मा सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
असार २४, २०८२ मंगलबार १७:४१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।