रसुवा घट्नाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको भन्दै सरकारले अझ बढी सचेत र सक्रिय हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद केसीले उद्धार, राहत तथा पुनःस्थापनामा सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको धारणा राखे।
‘गोसाइँकुण्डमा गम्भीर क्षति भएको छ,’ उनले भने, ‘सरकार अब चुप लागेर बस्न मिल्दैन। तत्काल उद्धार र राहतमा तदारुकता देखाउन आवश्यक छ।’
उनले विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर देखिएको भन्दै आगामी दिनमा यस्ता घटनामा क्षति न्यूनीकरणका लागि रणनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरे।
असार २४, २०८२ मंगलबार १५:५३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।