प्रधानमन्त्री ओलीसहितको टोली रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं : रसुवामा सोमबार राति आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जाँदै छ।
प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि टोलीमा सहभागी हुनेछन्। गृहमन्त्री लेखकले रसुवामा ठूलो भवितव्य भएको भन्दै सरकारले तत्काल निर्णय लिनुपर्ने अवस्था आएको बताए।
‘हामी घटनास्थलमै पुगेर वस्तुस्थिति बुझ्छौँ, त्यसपछि आवश्यक निर्णय लिनेछौँ,’ गृहमन्त्री लेखकले भने।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरू समेत टोलीमा सहभागी हुने गृह मन्त्रालयले जनाएको छ। बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार सक्रिय रहेको बताइएको छ।
असार २४, २०८२ मंगलबार १५:२२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।