धादिङको त्रिशुली नदीमा दुई जनाको शव फेला

धादिङको त्रिशुली नदीमा दुई जनाको शव फेला
त्रिशुली बजार र त्रिशुली नदी। तस्बिर- रोशन शाह

काठमाडौं : धादिङको त्रिशुली नदीमा दुई जनाको शव फेला परेको छ।

त्रिशुली नदीको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका-२ क्यउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशुली नदी किनारमा २ वटा शव फेला परेको हो।

शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए।

शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन्।

असार २४, २०८२ मंगलबार ११:२३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।