त्रिशुली नदीमा फसेका दुई जनाको सकुशल उद्धार

काठमाडौं : नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूको सकुशल उद्धार गरिएको छ।
विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुई जना व्यक्ति फसेका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको हो।
घाँस-दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि त्यहीँ फसेका थिए।उनीहरू रुखमा चढेर बसेका छन्। रुखमुनि बाढी आएको छ।
उनीहरु दुवै जना एकै परिवारका हुन्।
सम्बन्धित समाचार:
असार २४, २०८२ मंगलबार ०८:४३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।