रेल्वे ट्र्याकमा इयरफोन लगाएर हिँडिरहेका पुरुषको रेलको ठक्करबाट मृत्यु

धनुषा : जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करले एक व्यक्तिको ज्यान गएको छ। देउरी परवाहा स्टेशनदेखि केही दूरीपूर्व रेल्वे लिकमा आइतबार दिउँसो यो घटना भएको हो।
धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहका अनुसार मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका–२, सिनुरजोडाका ४० वर्षीय विनोद साह रहेका छन्।
रेल्वे कर्मचारीको भनाइ उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार साह ‘इयरफोन’ लगाएर रेल्वे ट्र्याकमा हिँडिरहेका थिए। रेलको चालकले पटक-पटक हर्न दिए पनि साहले नसुनेपछि ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
असार २३, २०८२ सोमबार १८:४१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।