टिभिएस जुपिटर ११० नेपालमा सार्वजनिक

टिभिएस जुपिटर ११० नेपालमा सार्वजनिक

काठमाडौं : टिभिएसले नेपालमा आफ्नो नयाँ स्कूटर ‘जुपिटर ११०’ सार्वजनिक गरेको छ। टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको संयोजनमा सोमबार काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममा स्कूटर लन्च गरिएको हो।

सुरुवाती मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ राखिएको जुपिटर ११० अत्याधुनिक इन्जिनसहित नयाँ प्रविधिले सुसज्जित छ। कम्पनीका अनुसार यो स्कूटर माइलेज, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलनमा आफ्नै खालको प्रतिनिधि बनाउने उद्देश्यसहित ल्याइएको हो।

विश्वभर ७० लाखभन्दा बढी प्रयोगकर्ताको विश्वास जितिसकेको जुपिटर ब्रान्ड नेपालमा पनि प्रयोगकर्ताको बदलिंदो चाहनाअनुसार पुनः परिकल्पना गरिएको कम्पनीको दाबी छ।

जुपिटर ११० मा फराकिलो ग्लोभ बक्स, अगाडिबाट तेल हाल्ने सुविधा, लामो सिट, एकै थिचाइमा खोलिने लक सिस्टम, मोबाइल चार्जर, १२ इन्चको पाङ्ग्रा र सन्तुलित व्हीलबेसजस्ता सुविधा समावेश छन्। जसले दैनिक सहरी ट्राफिकमा सहज र सन्तुलित यात्रा अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

कार्यक्रममा जगदम्बा मोटर्सका तर्फबाट साहिल अग्रवाल र अखिल गुप्ताले स्कूटरको औपचारिक उद्घाटन गरेका थिए।

नेपालमा टिभिएस मोटर कम्पनीको अधिकृत डिलर जगदम्बा मोटर्सले विगतदेखि नै विश्वस्तरीय मोबिलिटी उत्पादनहरूको वितरण गर्दै आएको छ। कम्पनीले देशभर फैलिएको आफ्नो डिलर नेटवर्कमार्फत बिक्री, बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पाट्स उपलब्ध गराउँदै आएको छ।

असार २३, २०८२ सोमबार १८:२८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।