कर लगाउने ट्रम्पको धम्कीपछि चीनको प्रतिक्रिया- ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन

कर लगाउने ट्रम्पको धम्कीपछि चीनको प्रतिक्रिया- ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहमा आबद्ध देशहरूका आयातमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएपछि चीनले प्रतिक्रिया दिएको छ। चीनले ब्रिक्स समूह टकराव नभएर सहयोग र साझेदारीको पक्षमा उभिएको स्पष्ट पारेको छ।

ब्राजिल, रुस, भारत र दक्षिण अफ्रिकासँगै चीन समेत रहेको ब्रिक्स समूहले कुनैपनि खालको भूराजनीतिक टकरावको बाटो रोज्न नचाहेको बताउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार बेइजिङमा भने, ‘ट्रेड वार (व्यापार युद्ध) को कुनै विजेता हुँदैन, संरक्षणवादले भविष्य देखाउँदैन भनेर चीनले बारम्बार आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिसकेको छ।’

पूर्वराष्ट्रपति ट्रम्पले आइतबार आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै ब्रिक्स राष्ट्रहरूले अमेरिकाविरुद्ध खालको धारणा लिएको आरोप लगाएका थिए। उनले यदि ती मुलुकहरूले व्यापार सम्झौतामा सहमति नगरेमा आयातमा कर अप्रिलमा फेरि बढाइने चेतावनी दिएका छन्। त्यसअघि नै उनले विभिन्न देशहरूलाई पहिलो भन्सार शुल्कको पत्र पठाउने बताइसकेका छन्।

ब्रिक्स राष्ट्रहरूलाई उदीयमान अर्थतन्त्रहरूबीचको सहकार्यको मञ्चका रूपमा चिनिन्छ, तर पश्चिमी मुलुकहरू भने यसलाई चीनको प्रभाव विस्तारको माध्यमको रूपमा हेर्छन्।

तर चीनले भने ब्रिक्सलाई खुलापन, समावेशिता र जित–जितको सहकार्यको ढाँचामा अघि बढाउन खोजिएको स्पष्ट पारेको छ। माओ निङले भने, ‘यो मञ्च कुनैपनि खेमाबन्दी टकरावमा संलग्न छैन, न त कुनै विशेष देशलाई लक्षित गरिएको हो।’

असार २३, २०८२ सोमबार १८:००:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।