‘कोही छोड्ने र आउने त सामान्य कुरा हो, सरकार कांग्रेस–एमालेको मजबुत समझदारीमा बनेको हो’

‘कोही छोड्ने र आउने त सामान्य कुरा हो, सरकार कांग्रेस–एमालेको मजबुत समझदारीमा बनेको हो’

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको गठबन्धन सरकार नेपाली कांग्रेस र एमालेबीचको बलियो समझदारीमा आधारित रहेको स्पष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले सरकारको गठन दुई प्रमुख दलबीचको गहिरो सहमतिबाट भएको भन्दै पछिल्ला राजनीतिक घटनाक्रमलाई स्वाभाविक प्रक्रिया बताएका छन्।

‘अहिलेको सरकार कांग्रेस र एमालेबीचको मजबुत समझदारीबाट बनेको हो,’ उनले भने, ‘कोही छोड्ने, कोही आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो।’

बर्तौलाले सरकारको स्थायित्व सुनिश्चित गर्न दुई दलबीचको सहकार्य निर्णायक रहेको बताउँदै गठबन्धन लामो समय टिक्ने विश्वास व्यक्त गरे।

असार २३, २०८२ सोमबार १७:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।