संसदको कुर्सीमा निन्द्रामा डुबेका अर्थमन्त्री (फोटोफिचर)

काठमाडौं : उता बैठक चलिरहेको थियो, यता अर्थमन्त्री विष्णु पौडेल गहिरो निद्रामा डुबिसकेका थिए। उनी निदाएको देखेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले त कानेखुसीमै बिउँझाउनु पर्यो। केही बेरपछि बल्ल मन्त्री पौडेल आँखा मिच्दै होसमा फर्किए।
संसद्मा यस्तो दृश्य नयाँ भने होइन्। संसद्को गरिमालाई ख्याल नगरेर सांसद्हरू संसद्मा सामाजिक सञ्जालमा चलाउने, मस्त निदाउने, ‘साइड टक’ गर्ने लगायतका क्रियाकलाप गरिरहेका हुन्छन्।
सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभाको बैठक सुरू गर्नमै झण्डै एक घण्टा ढिला गरेका थिए। बैठक सुरु भएसँगै भिजिट भिसा प्रकरण र संसदीय समितिको माग लिएर रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गर्न थाले। उनीहरू बैठक बहिष्कार गरेर बाहिरिए। तर संसदको काम कारवाही भने रोकिएन।
शून्य समयमा सांसदहरूले एकपछि अर्को गर्दै मानव तस्करी, भिजिट भिसा, र छानबिन समितिजस्ता गम्भीर कुरा उठाइरहेका थिए। तर अर्थमन्त्री पौडेल भने मस्त निन्द्रामा।
संसद्मा निदाएका अर्थमन्त्रीका यी तस्विर हेर्नुहोसः
असार २३, २०८२ सोमबार १५:२५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।