पाकिस्तानमा घरपालुवा सिंहको आक्रमण, एक महिलासहित चार जना घाइते

पाकिस्तानमा घरपालुवा सिंहको आक्रमण, एक महिलासहित चार जना घाइते

एजेन्सी : पाकिस्तानमा एउटा घरपालुवा सिंहले एक महिला र उनका तीन बच्चाहरूलाई आक्रमण गरी घाइते बनाएको छ। प्रहरीले सिंह मालिकलाई पक्राउ गरेको छ।

लाहोर शहरको सीसीटीभी फुटेजमा सिंह कंक्रिटको पर्खाल नाघेर महिलालाई खेदिरहेको स्पष्ट देखिन्छ भने अरूहरू डराएर भागिरहेका छन्।

प्रहरी अधिकारीहरूले महिला र उनका पाँच र सात वर्षका बच्चाहरूको हात र अनुहारमा गम्भीर चोट लागेको छ।

लाहोर प्रहरीले सिंहको मालिकविरुद्ध लाइसेन्स बिना जंगली जनावर पालेको र लापरबाही गरेको आरोपमा मुद्दा दायर गरेको छ। प्रहरीले सिंहलाई समातेर वन्यजन्तु पार्कमा पठाएको छ।

पाकिस्तानमा सिंह, चितुवा, बाघ, पुमा र जगुआर लाइसेन्स लिएर पाल्न सकिन्छ। यसका लागि प्रति जनावर ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ।

असार २३, २०८२ सोमबार १३:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।