ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्डको सार्वजनिक निष्काशन तथा बिक्री खुला

काठमाडौं : ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्डको सार्वजनिक निष्काशन तथा बिक्री आज २०८२ आषाढ २२ गते आइतबारबाट संघसंस्था तथा सर्वसाधारणका लागि खुला भएको छ।
यस बन्दमुखी म्युचुअल फण्डको कुल आकार रु. १ अर्ब २० करोड (अत्याधिक माग भएमा रु. १.५० अर्बसम्म) रहनेछ, जस अन्तर्गत प्रति इकाई अंकित मूल्य रु. १० दरका १२ करोड इकाई निष्काशन गरिएको छ।
कुल निष्काशित इकाईमध्ये योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका लागि १.५ प्रतिशत (१८ लाख इकाई) र कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेडका लागि १३.५० प्रतिशत (१ करोड ६२ लाख इकाई) गरी कूल १५ प्रतिशत (१ करोड ८० लाख इकाई) बीज पूँजीका रुपमा सुरक्षित राखिएको छ।
बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण तथा संघसंस्थाहरूका लागि सार्वजनिक निष्काशन मार्फत बिक्री खुला गरिएको छ। यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाई (कुल निष्काशित इकाईको १० प्रतिशत) सम्मका लागि आवेदन दिन सकिनेछ।
मुख्य विशेषताहरू:
योजना प्रकार: बन्दमुखी
फण्डको नाम: ग्लोबल आइएमई समुन्नत योजना-२
कोषको आकार: रु १.२० अर्ब (बढ्न सक्ने)
प्रति इकाई मूल्य: रु १०
सर्वसाधारण निष्काशन गरिने इकाई: १० करोड २० लाख
न्यूनतम/अधिकतम लगानी: १०० इकाई / १ करोड २० लाख इकाई
योजनाको अवधि: इकाई बाँडफाँड मिति देखी १० वर्ष
लाभांश नीति: प्राप्त मुनाफाबाट वितरण, बाँकी पुनः लगानी
सूचीकरण: नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचीबद्ध हुने
प्रारम्भिक लगानी (बीज पूँजी): १५ प्रतिशत (कोष प्रवद्र्धक/व्यवस्थापक)
व्यवस्थापन शुल्क: खुद सम्पत्ति मूल्यको १.५० प्रतिशत वार्षिक
डिपोजिटरी शुल्क: खुद सम्पत्ति मूल्यको ०.२० प्रतिशत वार्षिक
लगानी मिश्रण:
इक्विटी तथा इक्विटी सम्बन्धी साधनहरू: ७०-९० प्रतिशत (उच्च जोखिम)
ऋणपत्र (निश्चित आम्दानी): ०-१० प्रतिशत (मध्यम जोखिम)
म्यादी निक्षेप (FD): ०-१० प्रतिशत (न्यून जोखिम)
नगद, आईपीओ, अन्य म्युचुअल फन्डः ०-१० प्रतिशत (न्यून जोखिम)
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत (१० वर्षमा २२४.९६ प्रतिशत) र आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरेको छ। पहिलो ९ वर्षसम्म ८ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने प्रक्षेपण छ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ।
यस योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड (नेपालकै पहिलो मर्चेन्ट बैंकर, ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व) रहेको छ।
आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयर (सी-आस्बा) मार्फत आवेदन दिन सकिनेछ।
असार २३, २०८२ सोमबार ०९:२१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।