ट्रम्पले ब्रिक्समा सहभागी देशलाई १० प्रतिशत अतिरिक्त कर लगाउने

ट्रम्पले ब्रिक्समा सहभागी देशलाई १० प्रतिशत अतिरिक्त कर लगाउने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्समा संलग्न देशहरूलाई १० प्रतिशत अतिरिक्त भन्सार कर लगाउने बताएका छन्।

‘ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १० प्रतिशत कर लाग्नेछ। यसबाट कसैलाई पनि छुट दिइने छैन’, उनले ट्रुथ सोसियलमा लेखेको पोस्टमा लेखे।

यद्यपि, ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिहरूको बारेमा कुनै स्पष्ट वा विस्तृत जानकारी दिएका छैनन् न त उनले यसको कुनै सन्दर्भ नै दिएका छन्।

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो।

२००४ मा, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल भएका थिए।

असार २३, २०८२ सोमबार ०८:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।