नेप्से २७ सय बिन्दुमा स्थिर, कारोबार रकम घट्यो

नेप्से २७ सय बिन्दुमा स्थिर, कारोबार रकम घट्यो

काठमाडौं :: साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २७ सय बिन्दुमै स्थिर रह्यो। बिहीबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ बिन्दु पुगेको थियो।

आइतबार नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकियो। बिहीबार कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर खरिद विक्री भएकोमा आइतबार ३ सय १८ स्टकको ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भयो।

आइतबार सेन्सेटिभ इन्डेक्स ०.६७ अंकले बढ्यो। फ्लोट इण्डेक्स ०.२३ अंकले बढ्यो। सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.३३ अंकले बढेको छ।

आइतबार नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९.४० रुपैयाँले बढेर ७६३.६० रुपैयाँमा अन्तिम कारोबार भयो। गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स, राप्ती हाइड्रो र अपर हेवा खोलाको आईपीओले सबैभन्दा धेरै कमाएका छन्। नेपाल रिइन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भयो।

आइतबार गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। गुडविल फाइनान्सको शेयर मूल्य १२७.३० रुपैयाँले घटेर १३०८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य पनि क्रमशः १३७.९८ रुपैयाँ र ५३.७५ रुपैयाँले घटेर १४७१.०३ रुपैयाँ र ८७१.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

असार २२, २०८२ आइतबार १७:०९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।