ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनिक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनिक निष्काशन

काठमाडौं : ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्ड आइतबारदेखि सर्वसाधारण र संघसंस्थाका लागि सार्वजनिक निष्कासनमा आएको छ।

प्रति इकाई मूल्य १० रुपैयाँ रहेको यस बन्दमुखी योजनाअन्तर्गत कुल १२ करोड इकाईमध्ये १० करोड २० लाख इकाई सार्वजनिक बिक्रीमा खुलेका हुन्।

सर्बसाधारणले न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। योजनाको अवधि १० वर्षको हुनेछ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको फण्डले वार्षिक औसत २२.४९ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ। योजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध हुनेछ।

लगानीकर्ताले सि-आस्बा सदस्य बैंक तथा “मेरो शेयर” अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। रेटिङ्ग एजेन्सी इक्रा नेपालले यस योजनालाई ए माइनस रेटिङ प्रदान गरेको छ।

असार २२, २०८२ आइतबार १२:४८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।