टीभीएसले नयाँ मोडल जुपिटर ११० सिसी स्कुटर सार्वजनिक गर्दै

टीभीएसले नयाँ मोडल जुपिटर ११० सिसी स्कुटर सार्वजनिक गर्दै

काठमाडौं : टीभीएसले आफ्नाे नयाँ मोडल टीभीएस जुपिटर ११० सिसी स्कुटर सार्वजनिक गर्ने भएको छ।

कम्पनीले सोमबार काठमाडौंको हायात रेजेन्सी होटलमा भव्य समारोहका साथ नयाँ स्कुटर सार्वजनिक गर्न लागेको हो।

समारोहमा विशेष पाहुनाहरू, सञ्चारकर्मी, व्यवसायिक साझेदार र कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

टीभीएस नेपालले आफ्नो नयाँ उत्पादनको विशेषता, प्रविधि, र नेपाली बजारमा स्कुटरको महत्वबारे जानकारी दिने बताएको छ। 

असार २२, २०८२ आइतबार १२:४१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।