
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने

काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास अन्तर्गत प्यारापिटमा सिट जडान कार्य सुरु गरिएको छ।
रातको समयमा पनि खेल सञ्चालन गर्न मिल्ने बनाउँदै रंगशालाको स्तरोन्नति फागुनदेखि सुरु भएको हो। पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र आठवटा फ्लडलाइट जडानको काम भइरहेको छ।
निर्माणको जिम्मा लिएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो, सेतो, खैरो, हरियो, नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान गरिने छन्। मैदानको पश्चिम र पूर्व दिशातर्फ गरी कुल आठ खण्डमा प्यारापिट विभाजन गरिएको छ, जहाँ प्रत्येक खण्डमा ६५२ सिट जडान हुनेछ।
यस प्रोजेक्टपछि कीर्तिपुर रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दर्शक व्यवस्थापन, प्रकाश र सुविधाको स्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
असार २२, २०८२ आइतबार १२:२९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।