चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर एक वृद्ध महिलाको मृत्यु

चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर एक वृद्ध महिलाको मृत्यु

चितवन : सेफ्टी ट्याङ्कीमा खसेर एक वृद्ध महिलाको ज्यान गएको छ।

भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शनिबार घर नजिकै रिङले निर्माण गरिएको सेफ्टी ट्याङ्कीमा खसेर घाइते भएकी विकलाई भरतपुर अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा गएराति उनको ज्यान गएको प्रहरीले जनाएको छ।

असार २२, २०८२ आइतबार ०९:५०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।