उज्वेकिस्तानविरुद्ध प्रीति राई बेन्चमा, पूजा रानालाई मौका

उज्वेकिस्तानविरुद्ध प्रीति राई बेन्चमा, पूजा रानालाई मौका

काठमाडौं : एफसी महिला एसियन कप छनोटको निर्णायक खेलका लागि नेपाली टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ।

नेपाल र उज्वेकिस्तानबीचको खेलमा पहिलो रोजाइमा एकमात्र परिवर्तन गर्दै प्रशिक्षक प्याट्रिक डि वाइल्डले पूजा रानालाई मौका दिएका छन्। रानालाई मौका दिएर वाइल्डले प्रीति राई बेन्चमा राखेका छन्।

खेल राति सवा ९ बजे शुरु हुनेछ। समूह ‘एफ’मा रहेका नेपाल र उज्वेकिस्तान दुवैलाई आगामी वर्ष अष्ट्रेलियामा हुने एएफसी एसियन कपमा छनोट हुन आजको खेल जित्नै पर्ने दबाब छ।

यी दुवै टोलीले आफ्ना अघिल्ला दुवै खेलमा जित निकाल्दै समान ६ अंक जोडेका छन् । दुवै टोलीको गोल पनि समान १७ छ । नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले र दोस्रो खेलमा श्रीलंकालाई ८-० गोलले पराजित गरेको थियो। 

यस्तै उज्बेकिस्तानले श्रीलंकामाथि १०-० र लाओसमाथि ७-० गोलको फराकिलो जित हासिल गरेको थियो।

दुवैको समान अंक र समान गोल भएका कारण आजको खेल जसरी पनि जित्नै पर्ने दबाब छ। नेपालले अहिलेसम्म उज्वेकिस्तानविरुद्ध जित निकाल्न सकेको छैन।

असार २१, २०८२ शनिबार २१:०७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।