वीरगञ्जबाट पिकनिक खान मकवानपुर आएका शर्माको खोलामा बगेर मृत्यु

वीरगञ्जबाट पिकनिक खान मकवानपुर आएका शर्माको खोलामा बगेर मृत्यु
Filephoto

मकवानपुर : मकवानपुरको भिमफेदी गाउँपालिका–१ स्थित टौवास खोलामा नुहाउने क्रममा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार खोलामा नुहाउँदै गर्दा बगेर पर्सा, वीरगञ्ज महानगरपालिका–५ का ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको हो।

शर्मा वनभोजका लागि साथीहरूसँग वीरगञ्जबाट भिमफेदी आएका थिए। खोलामा नुहाउने क्रममा अचानक पानीको बहाव तीव्र भएपछि उनी बगेका थिए। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

 

असार २१, २०८२ शनिबार १८:५७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।