गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो

गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो

काठमाडौं : हमास र इजरायलबीच गत अक्टोबरदेखि जारी युद्धका कारण गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीको संख्या ५७ हजार २ सय ६८ पुगेको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

यस द्वन्द्वमा हालसम्म १ लाख ३५ हजार ६ सय २५ जना घाइते भएका छन्। मात्र यो वर्षको मार्च १८ यता मात्रै ६ हजार ७ सय १० जनाले ज्यान गुमाइसकेका छन् भने २३ हजार ५ सय ८४ जना घाइते भएका छन्।

गएको २४ घण्टामा मात्रै १३८ जनाको ज्यान गएको छ। तीमध्ये मानवीय सहायता लिन खोज्दा इजरायली आक्रमणमा परी ६२ जनाको मृत्यु भएको अधिकारीहरूको भनाइ छ।

शुक्रबार बिहानदेखि भएको इजरायली आक्रमणमा मात्रै कम्तीमा ४१ प्यालेस्टिनी मारिएको बताइएको छ।

असार २१, २०८२ शनिबार १४:१३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।