एफसी महिला एसियन कप छनोट : आज उज्वेकिस्तानलाई जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं : एफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपालले शनिबार घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल राति सवा ९ बजे शुरु हुनेछ।
समूह ‘एफ’मा रहेका नेपाल र उज्वेकिस्तान दुवैलाई आगामी वर्ष अष्ट्रेलियामा हुने एएफसी एसियन कपमा छनोट हुन आजको खेल जित्नै पर्ने दबाब छ।
यी दुवै टोलीले आफ्ना अघिल्ला दुवै खेलमा जित निकाल्दै समान ६ अंक जोडेका छन् । दुवै टोलीको गोल पनि समान १७ छ । नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले र दोस्रो खेलमा श्रीलंकालाई ८–० गोलले पराजित गरेको थियो।
यस्तै उज्बेकिस्तानले श्रीलंकामाथि १०-० र लाओसमाथि ७-० गोलको फराकिलो जित हासिल गरेको थियो। दुवैको समान अंक र समान गोल भएका कारण आजको खेल जसरी पनि जित्नै पर्ने दबाब छ। नेपालले अहिलेसम्म उज्वेकिस्तानविरुद्ध जित निकाल्न सकेको छैन।
असार २१, २०८२ शनिबार ११:३६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।