इस्ट जोन कपको फाइनलमा ११३ रनमा समेटियो सिंगापुर, नेपालले दियो २६ रन अतिरिक्त

इस्ट जोन कपको फाइनलमा ११३ रनमा समेटियो सिंगापुर, नेपालले दियो २६ रन अतिरिक्त

काठमाडौं : एसीसी मेन्स यु१६ इस्ट जोन कपमा उपाधिका लागि सिंगापुरले नेपाललाई सामान्य लक्ष्य दिएको छ।

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाएर ११४ रनमा समेटियो। त्यसमा नेपालका बलरले २६ रन अतिरिक्त दिए।

उसका लागि रोहन अस्तिन अरुणले सर्वाधिक २३ रन बनाउँदा रियान नाइकले १५ रन जोडे। बेदान्स गुप्ताले १२ र आकाश तेजाले १० रन जोड्दा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि अभय यादव र सुशिल बहादुर रावलले समान तीन-तीन विकेट लिँदा शुभम खनालले दुई र कप्तान विपिन प्रसाद शर्मा एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। नेपाल प्रतियोगिताको साविक बिजेता पनि हो।

असार २१, २०८२ शनिबार १०:३६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।