एनआईसी एशिया बैंकमा अब अलीपे प्लसमार्फत विदेशी पर्यटकले सहजै भुक्तानी गर्नसक्ने

काठमाडौं : एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विश्वका विभिन्न देशहरुबाट नेपाल आउने अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले यस बैंकका नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ।
यस सम्झौतापछि चीन, हङकङ, सिंगापुर, मलेसिया लगायत ११ भन्दा धेरै मुलुकका अलीपे प्लस प्रयोगकर्ता पर्यटकले नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ्ग एप मार्फत एनआईसी एशिया बैंकका मर्चेन्टहरुमा रहेको नेपालपे क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने सुविधा प्राप्त भएको छ।
यसले नेपाल आउने पर्यटकहरूलाई भुक्तानी प्रक्रियामा निकै सहजता प्रदान गर्ने र मुलुकको अन्तरदेशीय क्युआर भुक्तानी प्रणालीलाई समेत प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। उक्त सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
असार २१, २०८२ शनिबार ०९:४८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।