यु१६ इस्ट जोन कपको फाइनलमा सिङ्गापुरविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं : एसीसी पुरुष यु१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गर्दैछ।
मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको ट्समा सिङ्गापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका छन्। यससँगै नेपालले पहिले बलिङ गर्दैछ।
घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो। यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो।
समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो। उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा जारी छ।
असार २१, २०८२ शनिबार ०८:३१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।