थाइल्याण्डबाट फर्किएपछि बिरामी परेका स्वास्थ्यमन्त्री अस्पतालबाट डिस्चार्ज

थाइल्याण्डबाट फर्किएपछि बिरामी परेका स्वास्थ्यमन्त्री अस्पतालबाट डिस्चार्ज
Filephoto

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्यमा सुधार आएपछि वीर अस्पतालबाट डिस्चार्ज भएका छन्। 

वीर अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माका अनुसार मन्त्री पौडेलको उपचार अस्पतालको चिकित्सक टोलीको प्रत्यक्ष निगरानीमा गरिएको थियो।

थाइल्याण्डमा आयोजित एक कार्यक्रममा सहभागी भई स्वदेश फर्किएपछि असार १४ गते उनलाई ज्वरो आउने लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

चिकित्सकको निगरानीमा स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उनलाई आज घर पठाइएको अस्पतालले जनाएको छ।

असार २०, २०८२ शुक्रबार १९:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।