प्रधानसेनापति सिग्देलद्वारा उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान, उपत्यका पृतनापतिको जिम्मेवारी

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका रवीन्द्र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले असार १३ गते उपरथी पदमा बढुवा भएका खत्रीलाई औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पदोन्नतिसँगै खत्रीलाई उपत्यका पृतनापतिको जिम्मेवारी दिइएको छ। यसअघि उनी उपत्यका पृतनामा निमित्त पृतनापतिको भूमिका निर्वाह गर्दै आएका थिए।
असार २०, २०८२ शुक्रबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।