इनफिनिक्सद्वारा नेपालमा स्मार्ट १० र स्मार्ट १० प्लस सार्वजनिक, सुरूवाती मूल्य ११ हजार पाँच सय

इनफिनिक्सद्वारा नेपालमा स्मार्ट १० र स्मार्ट १० प्लस सार्वजनिक, सुरूवाती मूल्य ११ हजार पाँच सय

काठमाडौं : इनफिनिक्स नेपालले आफ्नो बहुप्रतीक्षित स्मार्ट १० शृङ्खलालाई नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस शृङ्खला अन्तर्गत स्मार्ट १० (४जीबी+६४जीबी) रु. ११,४९९ र स्मार्ट १० प्लस (४जीबी+१२८जीबी) रु. १२,९९९ को सुरुवाती मूल्यमा उपलब्ध भएका छन्।

कम्पनीका अनुसार, यी फोनहरूले सस्तो मूल्यमै उत्कृष्ट प्रदर्शन, लामो समय टिक्ने ब्याट्री, आकर्षक डिजाइन र स्मार्ट सुविधाहरू प्रदान गर्छन्, जसले दैनिक प्रयोगकर्ताका लागि सहजता र स्टाइलिश अनुभव दिन्छ।

स्मार्ट १० शृङ्खलाको प्रमुख विशेषताहरूमा यसको ६.६७ इन्चको ठूलो एचडी प्लस डिस्प्ले समावेश छ, जसले १२० हर्जको अल्ट्रा-स्मूथ रिफ्रेस दर प्रदान गर्दछ। कम्पनीले यति कम मूल्यमा यस्तो डिस्प्ले पहिलो पटक उपलब्ध गराएको दाबी गरेको छ।

ब्याट्री क्षमताको कुरा गर्दा, स्मार्ट १० मा ५००० एमएएचको ब्याट्री र १५ वाट फास्ट चार्जिङ तथा स्मार्ट १० प्लसमा अझ शक्तिशाली ६००० एमएएचको ब्याट्री र १८ वाट फास्ट चार्जिङ सुविधा छ। कार्यसम्पादनका लागि, दुवै फोनमा ४ जीबी र्याम दिइएको छ जसलाई सफ्टवेयर मार्फत ८ जीबीसम्म बढाउन सकिन्छ। स्मार्ट १० मा ६४ जीबी र स्मार्ट १० प्लसमा १२८ जीबी आन्तरिक भण्डारण उपलब्ध छ।

फोटोग्राफीका लागि दुवै मोडलमा ८ मेगापिक्सेलको एआई-आधारित अगाडि र पछाडिको क्यामेरा एफ/२.० एपर्चरसहित राखिएको छ। मनोरञ्जनका लागि, ३००% अल्ट्रा भोल्युम डुअल स्पिकरले स्पष्ट र ठूलो आवाज प्रदान गर्दछ। यी फोनहरूलाई धुलो र पानीबाट सुरक्षाका लागि आईपी६४  रेटिङ पनि दिइएको छ।

एन्ड्रोइड १५ मा आधारित एक्सओएस १५.१ अपरेटिङ सिस्टमले चिल्लो अनुभव सुनिश्चित गर्छ, जसमा वन-ट्याप इनफिनिक्स एआई समावेश छ। इनफिनिक्सले यी फोनहरूको ४८ महिनासम्म चिल्लो प्रदर्शन रहने TÜV-प्रमाणपत्र प्राप्त गरेको जनाएको छ।

इनफिनिक्स नेपालका राष्ट्रिय बिक्री प्रबन्धक, पियुष गिरीले भने, ‘स्मार्ट १० शृङ्खला चिल्लो डिस्प्ले, लामो ब्याट्री लाइफ र दमदार प्रदर्शन चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो, जसलाई हामी प्रिमियम मूल्य बिना नै उपलब्ध गराउन चाहन्छौं।’

यी स्मार्टफोनहरू स्लीक ब्ल्याक, टाइटेनियम सिल्भर, आइरिस ब्लू, र ट्वाइलाइट गोल्ड गरी चार आकर्षक रङहरूमा उपलब्ध छन्। स्मार्ट १० र स्मार्ट १० प्लस अहिले नेपालभरका इनफिनिक्सका सबै आधिकारिक मोबाइल स्टोरहरूमा खरिदका लागि उपलब्ध भइसकेका छन्।

असार २०, २०८२ शुक्रबार ११:२८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।