नाडा अटो शो २०२५ मा सबैभन्दा बढी स्टल चार पांग्रे सवारीलाई

नाडा अटो शो २०२५ मा सबैभन्दा बढी स्टल चार पांग्रे सवारीलाई

काठमाडौं : नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम सम्पन्न भएको छ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गतेसम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ।

वि.सं. २०५५ मा सुरू भएको नाडा अटो शो आजसम्म आइपुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ। जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ।

अटो शोमा चार पांग्रे सवारीको १८ वटा, दुई पांग्रेका चार वटा, लाइट कमर्सियल भेहिकलका १३ वटा र अटो कम्पोनेन्टका ४० वटा स्टल रहनेछन्।

एमएडब्लु ग्रुप अफ कम्पनीजको मुख्य प्रायोजक भएको रहेको यसमा एक नविन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शोमा सहभागी हुनेछ।

असार २०, २०८२ शुक्रबार ११:१८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।