टाटा मोटर्सको ‘७.७ डिल्स’ असार १९ देखि २३ सम्म

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘७.७ डिल्स लाइक नेभर विफोर’ विशेष योजना ल्याएको छ।
असार १९ देखि २३ गते (जुलाई ३ देखि ७) सम्म चल्ने यो योजना देशभरका टाटा मोटर्सका शोरुममा उपलब्ध छ।
यस योजनाअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका लोकप्रिय नयाँ इलेक्ट्रिक गाडीहरू (टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी, कभ ईभी) साट्न वा खरिद गर्न सकिनेछ।
गाडी खरिदमा जोडीका लागि थाइल्यान्ड भ्रमण, एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षको सवारीकर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्स जडान र एम्बोस्ड नम्बर प्लेट निःशुल्क पाइनेछ।
शोरुममा गाडी अवलोकन, टेस्ट ड्राइभ, बुकिङ र मूल्यांकन गर्दा आकर्षक उपहार दिइनेछ। साथै, एक भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप आईफोन १६ जित्ने मौका पाउनेछन्।
सिप्रदी ट्रेडिङले विद्युतीय सवारी यात्रालाई प्रवर्द्धन गर्न ल्याएको यो पाँचदिने विशेष अवसरको लाभ लिन इच्छुक ग्राहकहरूलाई समयमै नजिकको शोरुममा सम्पर्क गर्न आग्रह गरेको छ।
असार २०, २०८२ शुक्रबार ११:०९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।