टीएम वानका १०० भन्दा बढी युनिट सडकमा

टीएम वानका १०० भन्दा बढी युनिट सडकमा

काठमाडौं : ‘कमाइको राजा’ भनेर चिनिने टीएम वानका १०० भन्दा बढी युनिट नेपालभरि सडकमा सफलतापूर्वक सञ्चालनमा आएका छन्। नेपालका साना तथा मझौला व्यवसायका लागि यो महत्वपूर्ण उपलब्धि हो।

यस सफलतालाई केक काटेर मनाइएको थियो। कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरियासहित एमएडब्लू वृद्धिका पदाधिकारी तथा विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।

टीएम वान आज व्यवसाय सुरु गर्न चाहनेहरूका लागि पहिलो रोजाइ बन्न पुगेको छ। ताजा तरकारीदेखि पानी, दूध, ग्यासजस्ता दैनिक उपभोग्य सामान ढुवानी गर्न यो भरपर्दो, दक्ष र नेपाली आवश्यकताअनुसार डिजाइन गरिएको सवारी हो।

यो ८ फिट र १० फिटको लोडिङ डेकमा उपलब्ध छ। विश्वकै नम्बर १ क्याटल ब्याट्री प्रयोग गरिएको यस इलेक्ट्रिक भ्यानले २८० किमी एनईडीसी  रेन्ज दिन्छ, जुन शहरी ढुवानीका लागि उपयुक्त छ। एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसले गर्दा यसले कम मर्मत खर्चमा बढी फाइदा दिँदै आएको छ।

नेपालभरि साना तथा मध्यम व्यवसायलाई सशक्त बनाइरहेको टीएम वानका लागि यो उपलब्धि भविष्यका सफलताको सुरुवात मात्र हो।

असार २०, २०८२ शुक्रबार ११:०५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।