लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको कार दुर्घटनामा मृत्यु

काठमाडौं : लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको २८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ।
जोटा र उनका दाजु आन्द्रे सिल्भा सवार ल्याम्बोर्गिनी कार स्पेनको जामोरा प्रान्तमा दुर्घटनाग्रस्त हुँदा उनको मृत्यु भएको हो।
प्रि–सिजन प्रशिक्षणका लागि जोटा लिभरपुल फर्कँदै थिए। यसअघि जोटाको एउटा सानो शल्यक्रिया गराएका कारण डाक्टरको सल्लाहमा हवाई यात्रा नगरी कारमार्फत यात्रा गरिरहेका थिए।
जोटाले दुर्घटनाको ११ दिनअघि मात्रै आफ्नी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्।
लिभरपुल क्लबले जोटाको मृत्युलाई क्लबको सीमाभन्दा परको एक त्रासदी भनेको छ। समर्थकहरूले एन्फिल्ड रंगशालाबाहिर उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
असार २०, २०८२ शुक्रबार १०:५३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।