मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती : पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको  उपचारका क्रममा मृत्यु भएको हो।

असार २०, २०८२ शुक्रबार ०९:०६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।