सिट्रोएन सी ३ पेट्रोल अब २९.९९ लाखमै पाइने

काठमाडौं : सिट्रोएन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक शाङ्ग्रिला मोटर्स प्रा.लि. ले आफ्नो चर्चित मोडल सिट्रोएन सी ३ पेट्रोल को मूल्य घटाएर नयाँ अफर सार्वजनिक गरेको छ।
‘ह्याचब्याकको दाममा एसयूभी’ अभियानअन्तर्गत अब यो गाडी ३६ लाख ५० हजार बाट घटाएर २९ लाख ९९ हजार रुपैयाँ मा उपलब्ध हुने भएको छ।
कम्पनीले यो अफरमा गाडी खरिद गर्ने ग्राहकहरूलाई निःशुल्क बीमा सुविधा पनि दिनेछ। भारतमा निर्मित सिट्रोएन सी ३ पेट्रोल कम्प्याक्ट एसयूभीमा १० इञ्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल साइड मिरर, र १२०० सिसीको शक्तिशाली इन्जिन जस्ता प्रिमियम फिचरहरू छन्। यसले सुविधाजनक ड्राइभ अनुभव मात्र होइन, सस्तो मर्मत सम्भार र सहज रूपमा उपलब्ध हुने स्पेयर पार्ट्सको ग्यारेन्टीसमेत दिन्छ।
शाङ्ग्रिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक हेमन्त गोल्छा ले भने, ‘हामी हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय सवारी अनुभव सहज र पहुँचयोग्य बनाउने उद्देश्यमा अघि बढिरहेका छौं। सिट्रोएन सी ३ को नयाँ मूल्यसँगै ग्राहकहरूले गुणस्तर, सुविधा र प्रदर्शनमा कुनै सम्झौता नगरी उत्कृष्ट मूल्य पाउनेछन्।’
शाङ्ग्रिला मोटर्स, गोल्छा अर्गनाइजेसनअन्तर्गत, सन् २०१७ देखि प्युझो, २०२१ देखि सिट्रोएन, र २०२४ देखि लीप मोटर का एकमात्र आयातकर्ता रहँदै आएको छ। कम्पनीले नवीन र दिगो मोबिलिटी समाधानमार्फत नेपाली बजारमा नयाँ मानक स्थापित गर्ने अभियानलाई जारी राखेको जनाएको छ।
असार १९, २०८२ बिहीबार २०:०४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।