‘शार्क ट्याङ्क नेपाल’ को पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे

काठमाडौं : चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ हिमालय टेलिभिजन मार्फत बुधबारबाट प्रसारणमा आएको छ।
यो व्यवसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका ख्यातिप्राप्त व्यवसायिक हस्तीहरू (शार्क) सामु आफ्ना आइडिया प्रस्तुत गर्न सक्ने प्लेटफर्म उपलब्ध गराउनेछ, जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवनपरिवर्तन गर्ने लगानी प्राप्त गर्न सक्नेछन्।
शोको पहिलो सिजनको प्रमुख पावर्ड बाइ ब्रान्डको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई रहने भएको छ। यस सहकार्यमार्फत नेपाली युवाउद्यमीहरू र नयाँ व्यवसायहरूलाई सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।
शार्क ट्याङ्क नेपालले उदाउँदा उद्यमीहरूलाई अघि बढ्न प्रेरणा र अवसर दिने विश्वास गरिएको छ। शोमा निर्णायकको रूपमा पाँचजना नेपाली उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको छ। जसमा आईएमई समूहका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक सौरभ ज्योति, भोईथ समूहका प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य र रन आइम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगरिया रहेका छन्।
यी व्यवसायिक व्यक्तित्वहरूको अनुभव र दृष्टिकोणले देशभर नयाँ उद्यमशीलता चेतना फैलाउने अपेक्षा गरिएको छ।
असार १९, २०८२ बिहीबार १८:२३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।