फोनबाट दुई लाखसम्म लोन लिन सकिने, १२ महिनासम्मको सुविधा

काठमाडाैँ : पैसाको आवश्यकता कुन बेला कहाँ पर्छ कसैलाई थाहा हुदैन। यस्तै आपतकालिन अवस्थालाई मध्यनजर गरेर नबिल बैँकले २ लाखसम्मको तुरुन्तै ऋण दिने गरी नबिल डिजिटल फोन लोनको सुविधा २०७७ सालमै ल्याएको थियो।
नबिल बैँकमा खाता भएका ग्राहकहरूलाई डिजिटल बैँकिङ्ग प्रणालीमा अब्बल रहेको नबिल बैंकले तलबी खातावाला ग्राहकहरूलाई आवश्यकता अनुसार २ लाखसम्मको मोबाइलबाट तुरुन्तै प्राप्त गर्न सकिने ऋण प्रदान गर्दै आइरहेको छ ,जसमा खाता भने नबिल बैँकमै खोलेको हुनुपर्ने छ।
यो नवीनतम् डिजिटल सुविधा हो। यसको लागि ग्राहकले बैँकमा गएर लाइन बस्नु पर्ने, कागज मिलाउनु पर्ने, शाखासम्म पुग्नु पर्ने बाध्यताबाट मुक्त रहेको बैँकको दाबी छ। ग्राहकले घरमै बसेर ऋण एप्लाइ गर्दा केही समयमै पैसा उपलब्ध हुनेछ।
यसमा बैँकले समय अवधि समेत तोकेको छ। जसमा ग्राहकले एक महिनादेखि १२ महिनासम्मको किस्ताबन्दीमा लोन तिर्नसक्ने बैँकले जनाएको छ।
५ सयदेखि २ लाखसम्मको लोन
ग्राहकले नबिल डिजिटल फोन लोनमा आवश्यक परेको रकम एप्लाइ गर्न सक्छन्। त्यसको लागि बैँकले ५ सयदेखि २ लाखसम्मको रकम तोकेको छ। जसमा १ वर्षसम्मको समयावधि रहने बैँकले जनाएको छ।
यसको लागि नबिल बैँकमा खाता हुनुपर्नेछ भने ग्राहकको आर्थिक गतिविधि राम्रो हुनुपर्नेछ। तर बैँकले ग्राहकको आर्थिक गतिविधिलाई धेरै तोकेको छैन।
बैँकका अनुसार लोन लिने ग्राहकको खातामा लगातार ६ महिनामा कम्तीमा १० हजार वा सो भन्दा बढी तलब वा भाडा आम्दानी जम्मा भएको स्टेटमेन्ट हुनुपर्नेछ। यो भनेको ग्राहकले कम्तीमा पनि १० हजारको कारोबार गरेको हुनुपर्नेछ।
यस्तो सुविधा लिएका ग्राहकहरूलाई बैँकले बेस रेट बाहेक जम्मा ४ दशमलव ५ प्रतिशत ब्याजदर लाग्नेछ। जसमा यो ब्याजदर प्रत्येक महिनामा समायोजन हुने बैँकले जनाएको छ।
तर यसमा ग्राहकले बैँकले तोकेको अवधिभन्दा अघि नै किस्ता बुझाउने सुविधा समेत रहेको छ भने ढिलो किस्ता बुझाएको खण्डमा जम्मा रु ५ सय थप रकम हर्जाना लग्नेछ।
बैँकमा दिइने आवेदनदेखि किस्ता तिर्ने सम्मको काम नबिल बैँककै एन बैंक एप बाट गर्न सकिनेछ।
कसरी लिने फोन लोन?
फोन लोन लिन चाहनेहरू नबिल बैंकको एप प्रयोगकर्ता हुनुपर्ने छ। साथै, नबिल बैँकको खातामा मासिक रेगुलर रकम आउनुपर्ने छ। तलबी कामदारसँग सबैजसो समयमा पैसा नहुने भएकोले पनि आर्थिक कारोबार नरोकियोस् भनेर यस्तो सुविधा ल्याएको बैँकको दाबी छ।
यसका लागि ग्राहकले लोनको माग पनि गर्न नपर्ने र नबिल एन बैँक एपको स्क्रिनमा गएर फोन लोनको आइकनमा गएपछि लोनको लागि अफर आउनेछ। यसमा ग्राहकले क्रिल्क गरे पछि सर्ट टम अवधिका लागि रकम सिधै आफ्नो खातामा जम्मा हुनेछ।
यस्तो छ फोन लोनको आकर्षण
१. कर्जा लिनको लागि कुनै पनि प्रकारको कागज आवश्यक नपर्ने।
२. स्मार्ट फोनबाटै एपको प्रयोग गरी सजिलै ऋण लिने आवेदन दिन सकिने।
३. छिट्टो, छरितो, सहज तरिकाले लोन पास हुने।
४. कुनै धितो राख्न नपर्ने।
५. पाँच सयदेखि २ लाख सम्म लोन लिन सकिने।
६. किस्ताबन्दीको सुविधाले गर्दा तिर्न सहज।
असार १९, २०८२ बिहीबार १८:१३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।