प्रधानमन्त्री ओलीलाई रियल मड्रिडको जर्सी उपहार

प्रधानमन्त्री ओलीलाई रियल मड्रिडको जर्सी उपहार

स्पेन : प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेनको मड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन गरेका छन्।

अवलोकन भ्रमणका क्रममा क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले प्रधानमन्त्री ओलीलाई क्लबको जर्सी उपहारस्वरूप प्रदान गरेका छन्। सो अवसरमा प्रधानमन्त्री ओलीले जर्सी ग्रहण गर्दै क्लबप्रतिको प्रशंसा व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको प्रशंसक रहेको उल्लेख गर्दै भव्य र सुविधासम्पन्न रङ्गशाला हेर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

भ्रमणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र सचिव अमृतबहादुर राई, तथा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल पनि सहभागी थिए।

असार १९, २०८२ बिहीबार १७:१०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।