रियल मड्रिडको फुटबल रङ्गशालामा पुगेका ओलीले भने- म त रियलकै फ्यान हो

स्पेन : प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको राजधानी मड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन भ्रमण गरेका छन्।
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका थिए। भ्रमणपछि प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान रहेको बताउँदै, यति सुविधा सम्पन्न र भव्य रङ्गशाला अवलोकन गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
भ्रमणको अवसरमा निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई क्लबको जर्सी उपहार दिएका थिए। साथै, उनले नेपाली विद्यार्थीलाई क्लबको तालिम र भर्ना कार्यक्रममा सहभागी हुन प्रोत्साहित गरेका छन्।
संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनमा सहभागी भएर स्पेनको सेभियाबाट मड्रिड पुगेका प्रधानमन्त्री ओलीले त्यहाँका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन्। रङ्गशाला अवलोकनका क्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र सचिव अमृतबहादुर राई, र स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल समेत सहभागी थिए।
असार १९, २०८२ बिहीबार १६:५९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।