एलिनालाई सामाजिक सञ्जालमा होच्याउने इलामका गुञ्जन पक्राउ

एलिनालाई सामाजिक सञ्जालमा होच्याउने इलामका गुञ्जन पक्राउ

काठमाडौं: गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले इलामका गुञ्जन राईलाई ललितपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दियो। 

राईलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा आजै पेश गरिँदैछ। मंगलबार गायिका एलिना र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेर सामाजिक सञ्जालमा बढीरहेको चरित्र हत्या गर्ने विषयलाई गम्भिरताका साथ हेर्न आग्रह गरेका थिए।

असार १९, २०८२ बिहीबार १५:२५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।