एलएस अटोको नयाँ इलेक्ट्रिक मोडल ‘एलईभी-एक्स’ नेपाली बजारमा ल्याइँदै

एलएस अटोको नयाँ इलेक्ट्रिक मोडल ‘एलईभी-एक्स’ नेपाली बजारमा ल्याइँदै

काठमाडौं : चिनियाँ इलेक्ट्रिक सवारी कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडल एलईभी(०१) को अल-ह्वील ड्राइभ भर्सन तयार पारेको छ। कम्पनीले यस नयाँ संस्करणलाई एलईभी(एक्स) नाम दिएर नेपाली बजारमा ल्याउने योजना बनाएको हो।

नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी(एक्स) आगामी महिना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने जानकारी दिएको छ।

यो नयाँ मोडल हाल बिक्रीमा रहेको एलईभी ०१ कै बडी डिजाइनमा आधारित भए पनि, इन्फेरनल अपग्रेड अर्थात् आन्तरिक फिचरहरूमा महत्वपूर्ण परिवर्तन गरिएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार एलईभी एक्समा अगाडि र पछाडि गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप राखिएको छ। साथै, ब्याट्री क्षमतामा पनि वृद्धि गरिएको छ। एलईभी ०१ मा जहाँ ६७ किलोवाट-आवरको ब्याट्री प्रयोग गरिएको थियो, एक्स मोडलमा ७७ किलोवाट-आवरको ब्याट्री राखिएको छ।

इन्टेरियरमा पनि केही अपडेट गरिएको छ। नयाँ मोडलमा एसी भेन्ट र इन्टेरियर डिजाइनमा सुधार गरिएको कम्पनीको भनाइ छ। २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको एलईभी(एक्समा अल-ह्वील ड्राइभ सुविधा थप गरिएकोले अफ-रोड ड्राइभिङमा अझ भरोसायोग्य हुने दाबी गरिएको छ।

नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी(एक्ससँगै एलईभी(०५) पनि लन्च गर्ने योजना बनाएको छ। एलईभी(०५) प्रिमियम ह्याचब्याक सेग्मेन्टमा ल्याइनेछ, जुन बीवाइडी डल्फिन र नामी(०१) सँग प्रत्यक्ष प्रतिस्पर्धामा रहनेछ।

असार १९, २०८२ बिहीबार १४:२६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।